काठमाडौ । सूचना तथा प्रविधि मन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले सरकार ढाल्ने क्षमता कसैसँग नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुक्रबार सरकार ढाल्ने चेतावनी दिएसँगै उहाँले सरकार ढाल्ने क्षमता प्रतिपक्षसँग नभएको जिकिर गर्नुभएको हो ।
काभ्रेको पनौती नगरपालिकाको २ र ३ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उहाँले सरकार ढाल्ने सपना नदेख्न प्रतिपक्षलाई सम्झाउँनुभएको थियो ।
बर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने तागत कस्को छ ? भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो “दिउँसै सपना नदेख्नुहोला एउटै पार्टीको दुई तिहाईको सरकार ढाल्ने कस्को हिम्मत छ ?” ।
उहाँले सरकार ढाल्न नेकपा पार्टी सिसा जस्तै धुजाधुजा हुनु पर्ने बताउनुभयो । उहाँले देश प्रतिपक्षले देश अस्थिरतातर्फ धकेल्न सरकार ढल्छ भन्दै हल्ला मात्रै फैलाएको आरोप लगाउनुभयो ।
उहाँले यस्ता हल्लाको पछि नलाग्न पनि सबैसंग अनुरोध गर्नुभएको छ । मन्त्री बास्कोटाले सरकार ढल्छ भन्दै देशलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भईरहेको आशंक समेत व्यक्त गर्नुभएको थियो ।







