काठमाडौ । सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो ।

कप्तान पारस खड्का, प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले कमब्याक गरेका छन् । युएईसँगको टुरमा गत माघमा शरद टोेलीमा थिएनन् ।

पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख टोलीमा छैनन् । युएई टुरमा रहेका सन्दीप जोरा पनि यस टोलीमा अटेका छैनन् । आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०– २८ सम्म सिंगापुरमा हुने छ ।

प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ । नेपाल जुलाई ९ मा मलेसिया जाने छ ।

नेपालको १४ सदस्य टोली

  •  पारस खड्का (कप्तान)
  •  ज्ञानेन्द्र मल्ल
  •  शरद भेषवाकर
  •  बसन्त रेग्मी
  •  सोमपाल कामी
  •  दिपेन्द्रसिंह ऐरी
  •  प्रदीप ऐरी
  •  सन्दीप लामिछाने
  •  रोहित कुमार पौडेल
  •  पवन सरार्फ
  •  अभिनाष बोहोरा
  •  विनोद भण्डारी
  •  करण केसी
  •  ललित नारायण राजवंशी
  • बैकल्पीक खेलाडी – कुशल भुर्तेल, जितेन्द्र मुखिया, आरिफ शेख, सुसन भारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार