सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि  एक अर्व बजेट दिनु जायज नभएको बताएका छन् ।

अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै उनले आपत्ति जनाए ।

निजी क्षेत्रको लगानीमा आयोजना हुने सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको उनले बताए । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले विदेशी कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउनु उपयुक्त नभएको जिकिर गरे ।

सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता दिने निर्णय सरकारले लिएको दावी गर्दै उनले असन्तुष्टि जनाए ।

अर्काे प्रसंगमा नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराए । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको रावलले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार