गर्मी मौसममा हरेक मानिसले आफ्ना झोलामा एउटा आकर्षक प्लास्टिकको बोतल राखेकै हुन्छन् । तर ती पलाष्टिकको स्वास्थ्यका लागि कति घातक छ भन्ने कुरा सबैलाई जानकारी नहुनसक्छ । यदि तपाईले पलाष्टिकको बोतल अथवा गिलास प्रयोग गर्दैहुनुहुन्छ भने सचेत हुनुस् । एक अध्ययनका अनुसार पलाष्टिकको बोतल र गिलासमा राखिएको पानीमा बिसफेनोल नामक रसायन मिसिएको हुन्छ, जसले गर्दा मनिसको स्वास्थ्यका लागि हानिकारिक मानिएको छ ।

यस्तै सिसाको बोतललाई प्राकृतिक वस्तुबाट बनाइएको हुँदा यो स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक हुन्छ । सूर्यको किरणबाट पलाष्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ । यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले पलाष्टिकको बोतल वा गिलासलाई सूर्यको किरणबाट बचाउनु पर्ने हुन्छ । यदि तपाई स्वादिस्ट पानी पिउन चाहनुहुन्छ भने सिसाको बोतलको प्रयोग गर्नुस् किनकी यसमा प्लास्टिकको बोतलले निबुवा वा अन्य अमिलो चिजबाट आउने स्वादले परिवर्तन गरिदिने गर्दछ।

सिसा बालबालिकाले फुटाउने सम्भावना धेरै भएकाले सिलिकनको एक पत्र बनेको गिलास वा बोतल किन्नुपर्छ जुन हतपत फुट्दैन् । सबै प्रकारका पलाष्टिकको बोतल वा गिलास एक पटकभन्दा बढी प्रयोग नगर्नुस् । जस्तो की कोल्ड डिंक्सको बोतल, मिनरल पानीको बोतल, चियाको गिलास आदि । यदि तपाईले पुनः दोस्रो पटक प्रयोग गर्नुभयो भने बोतलमा रहेको कारसिनोजेनिक नामक पदार्थ पानीमा मिल्न जान्छ र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार