हैदरवादमा एक जना सफ्वेयर इन्जिनियरलाई आफ्नी श्रीमतीसँग यौन सम्पक गरेको भिडियो पोर्न साइटमा अपलोड गरेको आरोपमा पक्राउ गरिएको छ। साइबर क्राइम ब्रान्चले ६ हप्तासम्म गरेको अनुसन्धानपछि यी इन्जिनियरलाई पक्राउ गरिएको थियो। प्रहरीले नोभेम्बर २०१६ मा अभियुक्तकी श्रीमतीले प्रहरीमा खबर गरेकी थिइन्।

पीडित श्रीमतीलाई उनका साथीले यौन सम्पर्क गरेको भिडियो पोर्न साइटमा देखेको जानकारी दिएका थिए। प्रहरीमा उजुरी दर्ता गराउँदा पनि ती महिलालाई आफ्ना श्रीमानप्रति कुनै शंका थिएन। यी इन्जिनियर एक पोर्न वेबसाइटमा मेल एस्कर्टका रुपमा कार्यरत रहेको पनि खलेको छ।

ती इन्जिनियरले वेबसाइटमा आफ्नी श्रीमतीसँग यौन सम्पर्क गरेको लाइभ स्ट्रिमिङमार्फत अपलोड गर्ने गरेका थिए। प्रहरी टोलीले केरल थ्रिसुरबाट पनि अर्का व्यक्तिलाई वेबसाइटमा पोर्न अपलोड गर्दै गरेको अवस्थमा पक्राउ गरेको छ। तर, ती व्यक्तिले ती भिडियो अन्य साइटबाट डाउनलोड गरेर अर्कै साइटमा अपलोड गर्ने गरेको बताएका छन्।

साइबर क्राइम  ब्रान्चका असिस्टेन्ट पुलिस कमिश्नर एस जयरामका अनुसार श्रीमतीलाई श्रीमान मेल एक्कार्ट सर्भिससँग जोडिएको शंका छ। तर अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन। ती इन्जिनियरले आफूलाई सानै उमेरदेखि पोर्नोग्राफीको लत लागेको स्वीकार गरेका छन्।

प्रहरीले थ्रिसुरमा यो मामिलासँग जोडिएका व्यक्तिलाई पक्राउ गरेपछि ती भिडियोलाई वेबसाइटबाट हटाइएको छ। ती भिडियोमा केवल श्रीमतीको मात्रै अनुहार देखिएको छ। श्रीमतीसँग यौन सम्पर्क गर्दा श्रीमानले ल्यापटपमा कुनै फिल्म लगाउने र वेब क्यामरामार्फत यौन सम्पर्क गरेको भिडियो खिच्थ्यो।

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार