काठमाडौ । नवलपरासी पूर्व, मोरङ, चितवन र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका– खरकटा जंगलस्थित सडकमा लु.२ ख १० नम्बरको ट्रकले लु.४९ प ३६२५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३३ वर्षीय तारा पोख्रेल दुबैको कालिगण्डकी अस्पताल कावासोतिमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, बुढीगंगा गाउँपालिका–३ स्थित सडकमा बा.३ च ८८२१ नम्बरको कार तथा को.२९ प ५८७३ र को.३८ प ३९२६ नम्बरको २ वटा मोटरसाइकल र साईकल समेत आइतबार दिउँसो आपसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका को.२९ प ५८७३ नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने ४५ वर्षीया रुपसाना खातुनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालक, दुवै मोटरसाइकल र साईकललाई प्रहरी नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका–२९ जुगेडीबजारस्थित सडकमा ना.६ ख २६५९ नम्बरको ट्रकले बा.८० प ८६५७ नम्बरको मोटरसाइकललाई आइतबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक मोरङ हरैचा–१ का ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हबल्दार राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार अर्का प्रहरी हबल्दार सिन्धुली बुलम्चु–१ का मुरारी प्रसाद बराल गम्भीर घाइते भएकाले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ स्थित सडकमा म.१ प ७६९१ नम्बरको मोटरसाइकल आइतबार सडकको पिल्लरमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक शुक्लाफाँट नगरपालिका–४ असैना बस्ने २४ वर्षीय वीरेन्द्र रानाको पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता सुनसरीको ईटहरी उपमहानगरपालिका–१ हलगडा बस्ने प्रलाद दाहालको घरमा रहेको स्वरोजगार बचत तथा ऋण सहकारी संस्थामा आइतबार साँझ बिजुली सर्ट भई आगलागी हुँदा ल्यापटप, सोफासेट, टेवल कुर्सी, कोठा पाटेसन गरेको आल्मुनियम र सिसा लगायतका सामान जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएको स्थानमा तत्काल प्रहरी खटिएर उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार