काठमाडौं । पछिल्ला केही दिनहरुमा अमेरिका र भारत बीचको सम्बन्धमा दरार आउने देखिएको छ । अमेरिकाले पटकपटक चेतावनी दिदा पनि भारतले वेवास्ता गरेको छ । भारतले रुसबाट एन्टी–ट्याङ्क मिसाइल ‘स्ट्रम अटाका’ किन्ने भएको हो ।

यसका लागि दुई देशले २ अर्ब भारुको सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । मिसाइललाई भारतको सैनिक हेलिकप्टर एमआई–३५मा जडान गर्ने बताएको छ ।

आपतकालिन नियम अन्तर्गत रुसबाट एन्टी–ट्याङ्क मिसाइलको सम्झौता भएको हो । अब रुसी कम्पनीले सम्झौताको तीन महिना भित्र मिसाइलको आपुर्ति गर्नुपर्ने हुन्छ । एमआई–३५ मा जडान हुने एन्टी–ट्याङ्क मिसाइलले लडाईको समयमा भारतका प्रतिद्वन्दी सेनाका तोप र अन्य सैन्य वाहनलाई निसाना लगाउन सक्नेछ ।

एमआई–३५ भारतीय वायुसेनाको ‘एट्याकिङ हेलिकप्टर’ हो । यसलाई अमेरिकाको अपाचेको हाराहारी मानिन्छ । भारत लामो समयदेखि रुसको मिसाइल किन्न चाहँदा–चाहँदै पनि यो एक दशकदेखि अमेरिकाले गर्दा रोकिएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार तत्काल युद्ध हुने अवस्थालाई मध्य–नजर राखेर आपतकालिन प्रावधान अन्तर्गत भारतीय वायु सेनाले कयैन देशसँग स्पाइस २००० स्ट्याण्ड एण्ड वेपन सिस्टम र कयैन मिसाइल सम्झौता गरेको छ । भारतीय सेना फ्रान्ससँग पनि एन्टी–ट्याङ्क मिसाइल किन्ने तयारीमा छ ।

त्यस अतिरिक्त रुसबाट एयर डिफेन्स मिसाइल तत्कालै किन्ने बताइएको छ । फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमण लगतै पछि भारतीय सेनाको तीनै विभागलाई आपतकालिन शक्ति दिइएको थियो ।

यस अन्तर्गत त्यहाँको सेनाले आफ्नो आवश्यकता हेरेर ३ अर्बसम्मको हतियार खरिद गर्न सक्छन् । तर अमेरिकाले विगतदेखि भारतलाई रुससँग सामरिक महत्त्वका हतियार नकिन्न सतर्क गराउँदै आएको छ । यसका बावजुद यो नयाँ सम्झौता भएको हो । एजेन्सी

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार