मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने ललन राय र रामरतन महतोको घरबाट भन्सार छलेर ल्याई भण्डारण गरी राखेको करिब ३१ लाख ७४ हजार १ सय रुपैयाँ मुल्य बराबरको खैनीको धुलो र कपडा आइतबार बेलुका प्रहरीले बरामद गरेको छ ।
हाल नाम, थर, वतन नखुलेका व्यक्तिले उनीहरुको घरमा कोठा लिई लुकाइछिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उक्त खैनीको धुलो र कपडा बरामद गरेको हो । बरामद गरिएको उक्त सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ ।
यसैगरी तार्केश्व र नगरपालिका–११ शेषमतिस्थित खाली चौरबाट बसन्तपुर बस्ने मकवानपुर हेटौंडा घर भएकी २५ वर्षीया महिलाको नगद ५० लाख रुपैयाँ आइतबार साँझ ठगी भएको छ ।
२ जना अपरिचित व्यक्तिहरुले अमेरिकी डलर २० हजार साट्ने प्रलोभन देखाइ ती महिलासँग भएको उक्त नगद ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ठगीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
उता काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१२ खरीबोटस्थित दिलमाया चोरालीको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s







