काठमाडौ । सिन्धुपाल्चोक बाडेगाउँ–५ घर भई ईन्द्रावती गाउँपालिका–५ बस्ने ६१ वर्षीया सावित्री भट्टराईको ज्यान लिने कार्यमा संलग्न ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराह कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारत पूर्वी दिल्लीमा बस्ने २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारत मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ की हाल चागुँनारायण नगरपालिका–७ बाँसबारी बस्ने २७ वर्षीया ईश्वरी भट्टराई रहेका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसवारीस्थित ईश्वारी भट्टराईको घरको भुईतलामा आइतबार सावित्री भट्टराईको जीवन लिइएको भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध माहाशाखाले जनाएको छ ।

मृतककी छोरी ईश्वरी भट्टराई र अभियुक्त मोहम्मद नौसादबीचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईले थाहा पाएपछि उक्त कुरा बाहिर आउँछ भन्ने डरले ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई सखाप पार्न १२ लाखको सुपारी दिने सहमती भएपछि मोहम्मद नौसाद र भोला कुमारले सल्लाह गरेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई सिध्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार