प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटरमा बसेर गोँगबुसम्म जाउँ, माक्स लगाउनुपर्छ कि पर्दैन थाहाँ हुनेछ
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले आफ्नो स्कुटरको पछाडि बसेर काठमाडौँको धुलोबारे जान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन्।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीलाई आफ्नो स्कुटरमा बसेर धुलोको अवस्था बुझ्ने व्यवस्था मिलाउन उनले आग्रह गरेकी हुन्। उनले आफ्नो स्कुटरमा बसेर गोँगबुसम्म जान प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रममा आफू पदमा आउने बेला काठमाडौँका आधा जनसंख्याले मास्क लगाउने गरे पनि अहिले कसैले पनि नलगाउने दाबी गरेका थिए।
प्रधानमन्त्रीको भनाइप्रति व्यंग्य गर्दै सांसद शाहीले कालो सिसाबाट धुलो नदेखिने टिप्पणी गरिन्। उनले भनिन्, ‘आफू एसीवाला गाडीमा बस्ने, कालो सिसाले थुन्ने। अनि सिसाबाट के देखिन्छ?’