काठमाडौ । अहिले शिशिर भण्डारीको नाम धेरैको मुखमा झुण्डेको नाम हो । भण्डारी कलाकारितामा पनी एक महत्वपुर्ण नाम हो ।
उनी पछिल्लो समय समाजसेवीका रुपमा पनी चर्चामा रहेका छन् । यस्तै, पछिल्लो पुस्ताकाबीच एक सफल उदाहारणको रुपमा देखिन सफल चर्चित मोडल सोनिका रोकाया अहिले व्यवसायमा व्यस्त छिन् ।
उनले लामो समय देखि काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च सञ्चालन गर्दै आएकी छिन् । हरेक साँझ अत्यन्तै व्यस्त रहने यहाँको माहोल खुबै रमणीय हुने गर्दछ ।
शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि यो त एक छुट्टै संसार हो । हिजो साँझ लिक्इड लाउन्चमा पछिल्लो समयमा सबैका बीच चर्चित कलाकार भण्डारी पुग्दा त्यहाँको दृश्य केही फरक देखिएको थियो ।
कलाकारिता, सञ्चारकर्मी, युट्यबर लगायत धेरै क्षेत्रमा सफलता पाएका भण्डारी त्यहाँ आफ्ना साथिहरुसँग खुःशी साट्नको लागि त्यहाँ आएका हुन् । उनले हालै बजारमा ल्याएको हाम्रो माया जिन्दावाद गीतले छोटो समयमा ३० लाख भन्दा धेरै दर्शक पाएको खुःशीमा भण्डारी यहाँ आएका थिए ।
सोनीकाको लाउन्चमा हरेक क्षेत्रका मानिसहरुको सहभागिता रहने गर्दछ तर विशेष गरेर कलाकारहरुको धेरै बाहुल्यता रहेको छ । लोकेशनका हिसाबले पनि सेन्टर पर्ने भएको हुँदा साथिभाई बसेर रमाइलो गर्ने देखि लिएर चलचित्र, गीत भिडियोहरुको विज्ञापनका लागि पनि यो उपयुक्त ठाउ भएको छ ।




https://www.youtube.com/watch?v=aYXEF1zbxR8







