नेपाल र भारतका बीचमा अहिले तरकारी र फलफुलाई लिएर बहस भइरहेको छ । यो बीचमा भारतीय राजदुत मञ्जिव सिंह पुरी एक दिनको लागि आज आफ्नो परिवार सहित एक्कासी कपिलवस्तु पुग्नु भएको छ । राजदुत पुरीकी श्रीमती सहितको टोली आज बिहान कपिलवस्तु पुगेका हो । कपिलवस्तु पुगेका राजदुत पुरीले कपिलवस्तुको विभिन्न ठाउँमा अवलोकन तथा भेटघाट गर्नुभएको छ ।

राजदुत पुरीले विहान करिब ११ बजे जवाभारी स्थित प्रदेश सभा सदस्य वीरेन्द्र कुमार कनोडियाको घरमा परगेर आधा घण्टा भेटवार्ता गर्नुभयो । त्यसपछि पुरीको टोली कपिलवस्तुका नेता तथा पुर्व भौतीक निर्माण राज्य मन्त्री इश्वर दयाल मिश्राको घर घरमा पुग्यो । बिहानै देखि राजदुत पुरीलाई भेट्न भनेर कपिलवस्तुका नेता व्यापारी, पत्रकार पुगेका थिए ।

नेकपाका नेता इश्वर दयाल मिश्राको श्रीमती शकुन्ताला मिश्राको जेठ २७ गते आसमायिक निधन भएपछि श्राद्धान्जाली दिन राजदुतको परिवार कर्मा पुगेको थियो ।

कर्मामा राजदुत पुरी पुगेपछि प्रदेश न ५ का सामाजिक विकास समितिका सभापति दुगनारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, पूर्व कृषीमन्त्री अकवाल अहमद शाह, कृष्णनगरका समाजसेवी जावेद आलम खा, चन्द्रौटाका समाजसेवी टोपलाल पोखरेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाणिज्य सघंका निर्वातमान अध्यक्ष बन्टी सिंह, स्थानीय भद्रभलदमी, पत्रकार बुद्धीजिवीको समेत सहभागीता रहेको थियो ।

राज्य मन्त्री इश्वर दयाल मिश्राले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न योजना सञ्चालनका लागि राजदुत समक्ष माग राखेका थिए । त्यस्तै स्थानीयले कपिलवस्तुको छोटी भन्सार नाका सञ्चालन नहुँदा आवत जावतमा कठिनाई हुँदै आएकोले नाका सञ्चालनका लागि माग राखेका थिए ।

जवाफमा राजदुत पुरीले नेपाल भारतको सम्बन्ध संदियौ देखि प्रगाढ रहेकोले सीमामा हुने समस्या तत्काल समाधान गर्न पहल गर्ने बताउनुभयो । साँझ भएपछि पुरीको टोलीले कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाह निवास बहादुरगंजमा पुग्यो । राजदुत पुरीले कुनै यो राजनितीक भेटघाट नभएको र नितान्त आफ्नो व्यक्तिगत भ्रमणमा कपिलवस्तु आएको संचारकर्मीलाई बताउदै काठमाडौं आउँनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार