विषादी परिक्षणबारे तयारी पूरा नभएर ईण्डियन विषाक्त तरकारी भित्र्याउन छुट दिएको रे ! मानसिक रोगिहरुको कुतर्क सुन्नुहोस् ! ईण्डियन तरकारी विषाक्त छ भन्ने कुरा थाहा छ तर यीनीहरुको परिक्षण तयारी पूरा नभएको कारणले नेपालीहरुले विदेशीले निर्यात गरेको विष खानु पर्ने रे ! यीनै निकम्माहरुको नारा छ- समृद्धि।

होली वाईन पानदेखि आईफा एवार्ड हुँदै तरकारी काण्डसम्मको धन्धाले यी तलुवाहरुको मालिक भक्तिलाई भद्दा रुपमा पकट गरिसकेको छ। टुप्पीदेखि पैतलासम्म फैलिएको विदेशी नूनको असर हो यो। चुनाव खर्चदेखि लैनचौरको पे-रोलसम्मको ईण्डियन लगानीले अपच भएको डकार हो यो।

यीनीहरुको हैसियत यत्ति हो। होली वाईनदेखि विषालु तरकारीसम्मका मास्टरमाईण्ड माधव नेपाल र केपी ओली नै हुन्। आईफा एवार्डको सबै योजना बनाउने सञ्चार मन्त्रीको मन्त्रालयको कर्मचारी टिम हो। त्यसै कारणले आईफाको विरोध हुँदा सबैभन्दा बढी सञ्चार मन्त्री र ओली वर्वराएका छन्।

नेपालमा आउने विषाक्त ईण्डियन तरकारी ईण्डियामा बित्रि हुँदैन। त्यो नेपालमा निर्यात् गर्नका लागि मात्र गरिन्छ। ईण्डियाले नेपालमा विषाक्त तरकारी मात्र पठाउँदैन, तरकारीमा लाग्ने किटाणुहरु पनि पठाउने गरेको छ। केहि बर्ष अघि मात्र नेपालमा प्रवेश गरेको गोलभेंडामा लाग्ने ‘टुटा’ भन्ने रोग निर्यातका सामानमा राखेर त्यसैले पठाएको थियो। यो सबै कुरा सत्तामा बस्ने ईण्डियन तलुवाहरुलाई थाहा छ।

नागरिक स्तरबाट यसको जबाफि प्रतिरोध गर्नुको विकल्प छैन। देशभरीका तरकारी उत्पादक र उपभोक्तहरु एकजुट नभै यो समस्या समाधान हुँदैन। सत्तामा बस्ने विदेशी तलुवाहरुबाट जनहितका पक्षमा कामको अपेक्षा गर्नु मूर्खता हो।

ईण्डियन विषाक्त सामान र यहाँका तलुवाहरुलाई बहिष्कार गर्ने अभियान चलाउनु पर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार