मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विप्लव नेकपामाथिको प्रतिवन्ध र मुठभेडका क्रममा मारिएको कार्यप्रति घोर विरोध र भत्र्सना गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले २०७६ असार १२ देखि १७ गतेसम्म ललितपुरको चाङ्गाथलीमा सम्पन्न केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरु एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गर्दै यस्तो बताएको हो ।

पार्टी महासचिव मोहन वैद्य‘किरण’ले प्रेस वक्तव्य जारी गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।वक्तव्यमा पछिल्लो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै बैठकले संघर्षलाई नयाँ ढंगले उठान गर्नुपर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ- “अहिले देशमा कम्युनिस्ट नामधारी, संसदवादी तथा नवप्रतिक्रियावादी सरकार बनेको झण्डै १६ महिना पुगेको छ । यो बेला राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएका छन् । सन् १९५० लगायतका असमान सन्धि सम्झौता कायमै राखेर, जलविद्युत तथा सीमा लगायतका क्षेत्रमा अतिक्रमण बढाएर भारतीय विस्तारवादले आफ्नो हस्तक्षेप तीव्र पारेको छ भने सरकार तिनको प्रतिवाद तथा विरोध होइन पक्षपोषण गर्न गइरहेको छ । राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको कथित मुठभेडको नाममा हत्या गर्ने, पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र मजदुर, किसान, आदिवासी जनजाति, महिला, दलित, मधेशी, मुस्लिम लगायतका जनताका हक अधिकारको हनन गर्ने गरेर सरकार फासीवादतर्फ उद्यत भैरहेको छ । नव उदारवादको मान्यतामा अर्थतन्त्र चलाएर र समृद्ध नेपाल तथा सुखी नेपालीको विभ्रम खडा गरेर सरकारले समाजवादका विरुद्ध साम्राज्यवादको सेवा गरिरहेको छ । सरकार भ्रष्टाचार, भूमाफियातन्त्र, तस्करी र कमिशनतन्त्रको अखडा बन्न गैरहेको छ । यो बेला सङ्घर्षलाई नयाँ ढङ्गले सङ्ठित गर्नुपर्ने आवश्यकता पैदा भएको छ ।”

वक्तव्यमा अगाडि भनिएको छ-

“गत २०७५ मङ्सीरको केन्द्रीय समितिमा पारित प्रस्ताव, नीति, योजना र निर्णयहरुको कार्यान्वयन सम्बन्धी विषयबारे समीक्षा गरिएको छ । निर्णयहरुको कार्यान्वयनमा कतिपय सीमा तथा समस्या रहे पनि पार्टी काम प्रगति उन्मुख बन्दै तथा सकारात्मक रुपमा अगाडि बढ्दै गइरहेको निष्कर्ष निकालिएको छ ।” र “विश्व र नेपालमा पनि क्रान्ति तथा रुपान्तरणका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थाले पनि क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेको अवस्थामा प्रतिकूलतालाई अनुकूलतामा बदल्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको तयारी र वैज्ञानिक समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढ्नका लागि अत्यन्तै धैर्य तथा क्रान्तिकारी आशावादले समृद्ध बन्दै रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको मान्यता अवलंबन गर्न जरुरी भएको ठहर सहित आगामी नीति, कार्यक्रम तथा कार्ययोजना निर्धारित गरिएको छ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ, “ १ — बैठकको सुरुमै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा जनआन्दोलन तथा जनयुद्धको प्रक्रियामा सहादत प्राप्त वीर अमर सहिदहरु प्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२ — महासचिव क. किरणद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । आवश्यक छलफल तथा परिमार्जन सहित सो प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरियो । प्रतिवेदनको सारवस्तु यस प्रकार रहेको छ :

क) आज विश्वमा विभिन्न साम्राज्यवादी मुलुक तथा शक्ति केन्द्रहरुका बीच आर्थिक, राजनीतिक तथा सामरिक रुपमा आ–आफ्नो प्रभुत्वका निम्ति परस्पर तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा व्यापार युद्धमा परिणत हुँदै गएको छ । आज विश्वमा परमाणु युद्धको खतरा बढ्दै गएको छ र साइबर युद्ध चलिरहेको छ । आज एसिया, अफ्रिका तथा दक्षिण अमेरिकाका विभिन्न उत्पीडित मुलुकहरु एकातिर भूमण्डलीकृत साम्राज्यवादको उत्पीडनमा छटपटाइरहेका छन् भने अर्कोतिर ती त्यस प्रकारका उत्पीडनका विरुद्ध सङ्घर्ष गरिरहेका छन् ।

ख) चीनले अवलंबन गर्दै आएको बेल्ट एण्ड रोड इनिसिएटिभ रणनीतिको प्रतिकारका लागि अहिले अमेरिकाले इण्डो–प्यासिफिक रणनीति अवलंबन गर्न पुगेको छ । यस स्थितिमा नेपाल त्रिकोणात्मक सङ्घर्षको केन्द्र बन्न गएको छ र देशको राष्टिय स्वाधीनताको रक्षाका लागि अझै गम्भीर बन्नु पर्ने अवस्था पैदा भएको छ । ।

ग) अहिले देशमा कम्युनिस्ट नामधारी, संसदवादी तथा नवप्रतिक्रियावादी सरकार बनेको झण्डै १६ महिना पुगेको छ । यो बेला राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएका छन् । सन् १९५० लगायतका असमान सन्धि सम्झौता कायमै राखेर, जलविद्युत तथा सीमा लगायतका क्षेत्रमा अतिक्रमण बढाएर भारतीय विस्तारवादले आफ्नो हस्तक्षेप तीव्र पारेको छ भने सरकार तिनको प्रतिवाद तथा विरोध होइन पक्षपोषण गर्न गइरहेको छ । राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको कथित मुठभेडको नाममा हत्या गर्ने, पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र मजदुर, किसान, आदिवासी जनजाति, महिला, दलित, मधेशी, मुस्लिम लगायतका जनताका हक अधिकारको हनन गर्ने गरेर सरकार फासीवादतर्फ उद्यत भैरहेको छ । नव उदारवादको मान्यतामा अर्थतन्त्र चलाएर र समृद्ध नेपाल तथा सुखी नेपालीको विभ्रम खडा गरेर सरकारले समाजवादका विरुद्ध साम्राज्यवादको सेवा गरिरहेको छ । सरकार भ्रष्टाचार, भूमाफियातन्त्र, तस्करी र कमिशनतन्त्रको अखडा बन्न गैरहेको छ । यो बेला सङ्घर्षलाई नयाँ ढङ्गले सङ्ठित गर्नुपर्ने आवश्यकता पैदा भएको छ ।

घ) गत २०७५ मङ्सीरको केन्द्रीय समितिमा पारित प्रस्ताव, नीति, योजना र निर्णयहरुको कार्यान्वयन सम्बन्धी विषयबारे समीक्षा गरिएको छ । निर्णयहरुको कार्यान्वयनमा कतिपय सीमा तथा समस्या रहे पनि पार्टी काम प्रगति उन्मुख बन्दै तथा सकारात्मक रुपमा अगाडि बढ्दै गइरहेको निष्कर्ष निकालिएको छ ।

ङ) विश्व र नेपालमा पनि क्रान्ति तथा रुपान्तरणका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थाले पनि क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेको अवस्थामा प्रतिकूलतालाई अनुकूलतामा बदल्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको तयारी र वैज्ञानिक समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढ्नका लागि अत्यन्तै धैर्य तथा क्रान्तिकारी आशावादले समृद्ध बन्दै रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको मान्यता अवलंबन गर्न जरुरी भएको ठहर सहित आगामी नीति, कार्यक्रम तथा कार्ययोजना निर्धारित गरिएको छ ।

३ — साम्राज्यवाद तथा दक्षिणपंथी संशोधनवादको उत्पीडन, प्रभुत्व एवम् हैकम बढ्दै र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गंभीर बन्दै गएको स्थितिमा आप्mनै स्वतन्त्र पहल र समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई विकसित तुल्याउने बारे आवश्यक र महत्वपूर्ण निर्णयहरु लिइएका छन् ।

४ — बैठकमा सरकारद्वारा विप्लब समूहमाथि लगाइएकोे प्रतिबन्ध र उनीहरुहरुका केही नेता तथा कार्यकर्ताको मुठभेडका नाममा गरिएको हत्या तथा दमनको कडा विरोध तथा भत्र्सना गरी उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न जोड दिइएको छ । साथै, विप्लव समूहको रहस्यमय कार्यदिशा तथा कार्यशैलीको पनि विरोध गरी तिनलाई सच्याउन समेत आग्रह गरिएको छ ।

अन्तमा, कमरेड किरणद्वारा केन्द्रीय समितिले लिएका निर्णयहरुको दृढ कार्यान्वयनमा जोड दिंदै तथा सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद दिंदै बैठकको समापन गरियो ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार