काठमाडौं उपत्यकाबाट तिव्र रुपमा फैलदै गएको सिरिन्ज आक्रमण भयावह भएको छ । काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको छ ।

आज दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई सिरिन्ज आक्रमणको आंशकामा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।

संगीता (नाम परिवर्तन) बनेपास्थित चार दोबाटोबाट काठमाडौं जान बस चढिन् । बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको उनले महसुस गरिन् । बसेर यात्रा गरेकी ती युवतीले उभिएर यात्रा गरेका नजिकैका पाठकले आफूलाई सिरिन्जले घोचेको भन्दै चिच्याएपछि बसमा चढेका अन्य यात्रु पनि तनावमा आउन पुगे ।

ती युवती चिच्याउदै पाठकलाई आरोप लगाएपछि बसमा सवार अन्य यात्रुले नियन्त्रणमा लिएर पाठकलाई कुटपिट समेत गरेका थिए । युवतीलाई तिखो वस्तु घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै नजिकै रहेको प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरी घटनास्थल पुगेर पाठक र ती युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार