काठमाडौ । यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी दाबेदार नेपालले अहिले भईरहेको फाईनल खेलमा हङकङविरुद्ध खेलिरहेको छ । पहिले फिल्डिङ रोजेको नेपाल अहिले ब्याटिङ गरिरहेको छ ।
मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन नगरि सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोलीलाई नै निरन्तरता दिएको छ ।
आजको खेलमा विशाल विक्रम केसी, लोकेश बहादुर बम र प्रतिस जिसी बेन्चमा रहेका छन् । नेपालले जादुमय फिल्डिङ गर्दै हङकङलाई ४३ दशमलव १ ओभरमा १० वीकेट नै क्षति गराएर जम्मा ९६ रनको झिनो लक्ष्यमा समेटेको छ ।
यो फिल्डिङ नेपालको उत्कृष्ट मध्येको एक हो । अहिले उक्त ९६ रनको लक्ष्य पुरा गर्न नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले ५ ओभरको समाप्तिमा बिनाकुनै ओभरको क्षतिमा ४४ रन जोडिसकेको छ । यो रनरेटलाई हेर्ने हो भने नेपालको शानदार जीत हुने लगभग पक्का हुने देखिन्छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको जित निकालेको थियो । त्यस्तै हङकङले अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो’ । नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो ।
यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ ।’ यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् । भिडियोमा लाईभ खेल तल अपलोड गरिएको छ ।







