नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणबीरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन् ।

बाके जिल्लाको कोहलपुर बसपार्कबाट जेठ २५ गते गिरफ्पतारीमा परेका भरत बम ‘रणबीर’ र कालीकोट जिल्लाको हीपकोट घर भएका सत्यबहादुर शाहीलाई संगठित अपराधको मुद्दा लगाइएको थियो ।

उनीसँगै गिरफ्तार भएका सत्यबहादुर शाही रिहा भएका छ्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार