
भोजपुरमा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्तमा मारिएको खबर आएपनि वास्तविकता भने अर्कै रहेको छ ।
घटनाको वास्तविकताबारे स्थानीयहरुको भनाईअनुसार मृतक प्रहरी सन्जीब राई ड्रेसमा थिएनन् । ऊनी सुराकीको रुपमा त्यो क्षेत्रमा खटिएका थिए। उनलाई प्रहरीले विप्लव नेकपा कार्यकर्ता सोचेर मारेको खबर प्राप्त भएको छ ।
उनी त्यो नयाँ क्षेत्रमा देखा परेपछि प्रहरीको गस्ती टोलीले विप्लव नेकपाको कार्यकर्ता भनेर सिपाही प्रहरीको छातीमा गोली हानेको थियो।
शुरुमा उनलाई विप्लव नेकपा कैं कार्यकर्ता सोचेर प्रहरीले गोली हानेको थियो । पछि उनको खल्तिमा रहेको आईडि कार्डबाट प्रहरी रहेको खुल्यो।
अन्य दुई जना प्रहरी घाईते भनिएको भनिएपनि ऊनीहरु विप्लव नेकपाका कार्यकर्तालाई लखेटदै जाँदा खुट्टामा चोटपटक लागेको हो।
विप्लव नेकपाले बताएअनुसार आफ्ना कार्यकर्तासॅग कुनै हतियार थिएन ।
गस्तीमा खटिएको ईन्सपेक्टरको टोलीले सिधै फायर खोल्न आदेश दिए लगत्तै ओखलढुङगा ईन्चार्जको मिरकुमारको टाऊकोमा गोली लाग्यो ।उनी त्यही ढलेपछि अन्य करिब सात जना कार्यकर्ताहरु हाम फाल्दै भाग्न सफल भएका थिए।
अन्धाधुन्दा गोली हान्दै प्रहरी टोली अगाडि बढेपछि विप्लव नेकपाका कार्यकर्ताहरु सुरक्षित स्थानतिर लागेको बताइएको छ ।
यता प्रहरीले भने विप्लव नेकपाका जिल्ला नेता निरकुमार राईले गोली हानेर प्रहरीको हत्या गरेको आरोप लगाएको छ ।
नेपाली सेनाबाट विद्रोह गरेका भगत र शाहीलाई दण्डित गर्ने सर्वोच्चको आदेशप्रति विप्लव नेकपाको आपत्ति(विज्ञेप्ती)
नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन जनयुद्धका क्रममा नेपाली सेनाबाट विद्रोह गरेका झलकुमार भगत र सिंहबहादुर शाहीलाई सर्वोच्च अदालतले गरेको फैसलालाई अस्वीकार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गरी स–सम्मान रिहा गर्न जोडदार माग गरेका छन् ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्-
‘जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय हो र त्यसप्रकारका प्रश्नहरुको समाधान विस्तृत शान्ति सम्झौतामा गरिसकिएको दावि गरिएको छ । तर प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरु झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य छ । तसर्थ असार २४ गते सर्वोच्च अदालतले गरेको निजहरुको सम्बन्धमा गरेको फैसला फिर्ता गर्न र वहाँहरुलाई स–सम्मान रिहा गर्न पार्टी जोडदार माग गर्दछ ।’
विज्ञप्तिको पूर्णपाठ…








