बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनायो । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सो कार्यक्रममा सहभागी थिए ।

लगातार परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो ।

रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार