भोजपुरमा भएको भनिएको ‘भिडन्त’बारे विप्लव नेतृत्वको नेकपाले प्रहरीबाटै प्रहरी जवान सञ्जीव राई र नेकपा ओखलढुंगा सेक्रेटरी नीरकुमार राईको मृत्यु भएको बताएको छ ।

प्रहरीले ‘भिडन्त’मा दुवै जनाको मृत्यु भएको भनिरहँदा विप्लव नेकपाको फरक धारणा बाहिर आएको छ । मृतक प्रहरी जवान सन्जीब ड्रेसमा थिएनन, ऊनी सुराकीको रुपमा त्यो क्षेत्रमा खटिएका थिए ।

विप्लव नेकपाका एक नेताका अनुसार ‘ओखलढुंगा सेक्रेटरी पार्टीमा बिदा लिएर घर (भोजपुर) गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्’

‘एउटा होटेलमा बास बसिरहेका उनलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी भएको थियो त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली प्रहरी जवान सञ्जीव लाईनै लागेको थियो, गोली लागेका उनको मृत्यु भयो, विप्लवका जिल्ला सेकेटरी निसश्त्र थिए।’

‘त्यसपछि  होटलमा रहेका ओखलढुंगा सेके्रटरीलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानियो’ विप्लवका ती नेताले भनेका छन् । ती नेताले अगाडी भने, ‘उनीसँग हतियार थिएन, उनको कार्यक्षेत्र भोजपुर नभएकाले उनी निशस्त्र अवस्थामा ओखलढुंगाबाट त्यहाँ पुगेका थिए।’

विप्लवका एक अर्का नेताले भने ‘अहिले यहाँ युद्ध चाहनेहरूको भयंकर ठूलो योजना चलिरहेको छ, जसरी प्रहरीको ज्यान गएको भन्ने सञ्चारमाध्यममा आएको छ, त्यसको स्वतन्त्र पुष्टि हुनुपर्छ । हाम्रो तर्फबाट गोली चलेको छैन ।’

विप्लवका जिल्ला सेक्रेटरी एक साताअघि भोजपुर छिरेको सूचना पाएपछि प्रहरी अलर्ट थियो । उनी भोजपुर सदरमुकाम आसपासमै रहेको सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याइरहेको थियो।

प्रहरीले भने सुरुमा विप्लवका कार्यकर्ताले गोली हानेको दाबी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै आधिकारीक धारणा सार्वजनिक गर्ने विप्लव नेकपाले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले सुरक्षाकर्मीमाथि आक्रमणको कुनै नीति नरहेको बताउँदै आएको छ । भोजपुरमै तिर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको हत्या प्रहरीबाट भएको  आरोप लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार