तीनदिनदेखिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेको छ ।
कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका छन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ ।
खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।





















