भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।

पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

सिडियो भन्छन्- पटक-पटक आग्रह गरें

पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले आफ्ना समकक्षीहरुलाई आग्रह गरे पनि भारतीय पक्षले खोलिदिएको छैन । ‘मैले पटक-पटक बाँध खोलिदिन आग्रह गरेको छु,’ रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘तर नखोलिदिँदा समस्या भयो ।’

लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न करिब अढाइ फुट मात्र बाँकी छ । यदि त्यो बाँध फुट्यो भने भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउने गौरबासी बताउँछन् ।

यद्यपि बाँध क्षेत्रमा भारतले उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । तर, पानीको निकास खोल्नुको सट्टा बाँधको सुरक्षामा टोली खटाएको भन्दै भारतको आलोचना भइरहेको छ ।

कसले के लेखे ?

फेसबुकमा मदन ठाकुर लेख्छन्, ‘कस्तो निर्दयी रहेछन् भन्ने बल्ल बुझियो । ….घाँटी थिचिथिची मारिरहेका छन् हामीलाई । बेलैमा ध्यान पुर्‍याऊ सरकार ।’

राही चन्चलले बाँध भत्काउन नेपाल सरकारलाई सुझाव दिएका छन् । उनी लेख्छन्, ‘छिमेकी भारतको बैरगनिया र गौरको बीचमा रहेको बाँध भत्काउनुपर्यो सरकार । अन्यथा रौतहटबासीको श्राप लाग्ने छ ।’

शम्भु साहले रोटीबेटीको सम्बन्ध यस्तै हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

फेसबुकका भएका टिप्पणीहरु यस्ता छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार