
;’/lIft :yfgtkm{ n}hfFb} /fdu9jfsf :yfgLo
k;f{,@* c;f/ -/f;;_ M
clj/n jiff{sf sf/0f jL/u~hsf] /fdu9jfdf af9L cfPkl5 :yfgLojf;LnfO{ ;’/lIft :yfgtkm{ n}hfg d2t ub}{ ;’/IffsdL{ . tl:a/ M ljhos’df/ dxtf]
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एकएक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना प्रहरी खटिएका छन् । देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटिएका छन् ।
डुवान प्रभावित क्षेत्रमा रहेका महोत्तरीका ५ सय जना र रौतहटमा २ सय जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरो तथा बाढीको कारण बन्द भएका बाटोहरू पनि सुचारु गराएको छ ।
धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्डको अवरोध प्रहरीले हटाएको छ ।
कतिपय स्थानमा भने अवरोध कायमै छ ।
विपदमा जुटे सुरक्षाकर्मी स् हेलिकप्टरसहित सेना फिल्डमा, ३० हजार प्रहरी परिचालन
देशको विभिन्न भागमा परेको अविरल वर्षाले गर्दा आएको बाढी र पहिरोबाट पीडितहरुको उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना फिल्डमा खटिएकाे छ ।
बाढी र पहिरोले आफ्नो बास समेत गुमाएका प्रहरीहरु जनताको जिउधन र बासको सुरक्षा तथा व्यवस्थापनमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
मुलुकभर नेपाल प्रहरी ३० हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ र काठमाडौं उपत्यकामा ८ हजार ८५६ प्रहरी परिचालन भएको छ ।
बाँकी प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ मा दैविक विपत्तिको अवस्था हेरेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताइएको छ ।
यस्तै सशस्त्र प्रहरी पनि बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरुमा खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
डीआईजी श्रेष्ठका अनसार ८ वटा बाहिनीमा ५० जनाको टिम, गणहरुमा ३५ जनाको टिम र गुल्मलगायत अन्य साना कार्यालयहरुमा १० जनाको टिम स्रोतसाधनसहित स्ट्यान्डबाई रहेको छ ।

हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८०० जनाको रेस्क्यू गरिएको डीआईजी श्रेष्ठले बताए । उनले भने, ‘अवरुद्ध भएको राजमार्गहरु खुलाउने प्रयास पनि भइरहेको छ । यात्रुहरुको सुरक्षा गर्ने काम पनि सशस्त्र प्रहरीले गरेको छ ।’
बढी प्रभावित भएका ठाउँहरुमा अन्य ठाउँबाट थप साधनस्रोत पुर्याएर उद्दार कार्यमा सशस्त्र प्रहरी परिचालन भएको उनको भनाई छ । ‘यस्तो परिस्थितिमा कसैलाई पनि विदा दिएका छैनौं । सबैजना आ–आफ्नो ठाउँबाट खटिएका छन् ।’
यस्तै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जिल्लामा भएका सबै नेपाल आर्मीहरु बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खटिएका छन् ।
यस्तै उद्दार कार्यमा नेपाल आर्मीको ३ वटा हेलिकप्टर समेत परिचालन भएको उनले जानकारी दिए । सुर्खेत, इटहरी र काठमाडौंबाट हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।
बाढी, पहिरो र चट्याङले २४ वटा जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस्तै बाढी पहिरोमा परेर अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन् ।







