नेपालले मलेसियाविरुद्धको दुई खेलको अन्तरराष्ट्रिय टि–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । नेपालले मलेसियालाई ६ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गरेको हो । किनररा ओभलमा नेपालले मलेसियालाई जितका लागि दिएको १७४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनायो ।

मलेसियाका लागि सायद अजिजले अर्धशतकीय पारी खेले । ओपनरमा आएका उनले ३७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । त्यस्तै मलेसियाका लागि अमिनुदिन रामले २४ रन जोड्दा मोहम्मद शाहेदतलदे २१ भिरन्दीप सिंहले २३ र अहमेद फिजले १७ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । त्यस्तै अविनाश बोहोरा र कप्तान पारस खड्काले पनि एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि शरद भेषावकरले ४० रनको पारी खेले । मध्यम सुरुवात गरेको नेपालका लागि शरदले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन् । ४.५ ओभरमा ३४ रन पुग्दा पहिलो विकेटको रुपमा पवन सर्राफलाई गुमाएको नेपालले छैटौं ओभरमा दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पासर खड्कालाई गुमाएको थियो ।

पवन १० रनमा आउट हुँदा मल्ल ७ र पारसले २३ रन जोडे । त्यस्तै चौथो विकेटको रुपमा रोहित कुमार पौडेलले १९ रन जोड्दा करन केसीले १६ रन जोडे । विनोद भण्डारीले आक्रामक ५१ रनको अर्धशतकीय पारी खेले । उनले २५ बलमा ३ चौका र ५ छक्का प्राहर गर्दै ५१ रनको अविजित पारी खेलेका हुन् । त्यस्तै सोमपाल कामी रनमा १ अविजित रहे ।

मलेसियाका लागि फित्री शामले तीन विकेट लिए । त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक–एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार