बलिउड अभिनेत्री सोनाक्षी सिन्‍हाविरुद्ध २४ लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै यूपी पुलिसमा ठगी मुद्दा दर्ता भएको छ।

सोनाक्षीविरुद्ध यूपीको कटघर पुलिस स्टेसनले आईपीसीको धारा ४२० तथा ४०६ अन्तर्गत मुद्दा दायर गरेको हो। बिहीबार यूपी पुलिस मुम्बईसिथत सोनाक्षीको रामायण बंगलामा पुगेको थियो तर उनी त्यहाँ थिइनन्।

२०१८ मा उनले स्टेज कार्यक्रमका लागि २४ लाख लिएकी थिइन्। तर उनी कार्यक्रममा सहभागी भइनन्। पुलिसका अनुसार मुरादाबाद जिल्लाको कटघर थाना शिवपुरी निवासी प्रमोद शर्माले सोनाक्षीविरुद्ध ठगी आरोपमा निवेदन दिएका थिए।

गत वर्ष ३० नोभेम्बरमा दिल्‍लीमा आयोजित इन्डिया फेसन एन्ड ब्युटी अवार्ड कार्यक्रममा हुन उनले पैसा लिएकी थिइन्। तर पारि श्रमिक लिएर पनि कार्यक्रममा सहभागी भइनन्। –एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार