सबैतिर भारतले लगाएको बाँधका कारण नेपाल डुबानमा परेको चर्चा भइरहँदा गृहमन्त्री रामबहादुर थापाले नेपाली बाँधकै कारण भएको बताएका छन् । ।

उनले तराई–मधेस डुबानमा पर्नुमा नेपाल आफैं दोषी भएको जानकारी दिए । उनले नेपाली बाँधलाई ठिक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या आएको जानकारी दिए ।

उनले भने, ‘सीमामा भारतले बाँधरुपी बाटो बनाएका कारण नेपाली भू–भाग डुबानमा परेको खबर आएपछि हामीले भारतसँग कुराकानी गर्यौ ।त्यो(भारत) को बाँधले समस्या नल्याएको देखियो । हामीतिर ठिक ढंगले तटबन्धन नगरेकाले डुबानमा परेको हो ।’

उनले नेपालले खोला–नदीको बाँधलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित झन्डै आधा दर्जन मन्त्रीसहित बुधबार प्रदेश २ को बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएका गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको आश्वासन दिए । उनले भने, ‘बाढी र डुबानले प्रदेश २ मा बढी क्षति पुर्याएको छ् । राहत र पुर्ननिर्माणको काम अगाडि बढाउनुपर्छ ।

‘चुरे विनाशले मधेसमा बाढीले बढी क्षति पुर्याएको देखिन्छ ।’ गृहमन्त्री थापासँगै हवाई निरीक्षणमा रहेका राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय बाँध भन्दा नेपाली तटबन्धले नै बाढी र डुबानको समस्या बढाएको बताए । उनले २५ वर्षदेखि मर्मतसम्भार नगरिएका बाँधकै कारण मधेस डुबानमा परेको गरे ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए । उनले तराई डुब्नुमा भारत भन्दा पनि चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने जिकिर गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार