पछिल्लो साता नेपाली रंग सञ्चार अभिनेत्री शिल्पा पोखरेललाई लिएर तातेको ।
उनको घर झगडा बाहिरिएपछि उनकै विषयमा चर्चा र बहस भैरहेका छन् । यहि बीचमा अभिनेत्री पोखरेलले पछिल्लो पटक अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार राजकुमार बगरको शब्द संगीत रहेको ‘उनकै कुरा हुन्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गायक सुरेन चन्दले गाएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेत्री पोखरेललाई अभिनयमा को अमृत सुनार ‘अभी’ ले साथ दिएका छन् । गीतमा महाराज थापाको संगीत संयोजन छ ।
संगीत सागरको निर्देशन रहेको भिडियोमा रोहित कार्कीको छायांकन तथा पदम सुवेदीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
माया प्रेमका प्रसङ्गलाई गीतमार्फत उतारिएको गीत बजारमा आएसागै राम्रो प्रतिक्रिया पाइरहेको गायक चन्दले जानकारी दिए ।
गीतको म्यूजिक भिडियो :







