
काठमाडौं– नेत्र विक्रम चन्द्र विप्लव नेकपाले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
सञ्चारमाध्यममा घटनामा विप्लव नेकपाको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव नेकपाले यस्तो दाबी गरेको हो ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।
धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका थिए । धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।







