तिलालाठीमा सत्तारुढ नेकपाका एक जना नेता एवं राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले बुइ चढेर हिलो छलेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर सो तस्बिरका बारेमा उनले भने फरक प्रतिकृया दिएका छन् । तस्विरमा उनले पाइन्ट, जुत्ता र कोट लगाएको देखिन्छ। हातमा जुत्ता समातेका एक व्यक्तिले उनलाई काँधमा बोकेर अघि बढिरहेको तस्बिर छ । उनको यो दृश्य देखेका नजिकैका सेना तथा प्रहरी हाँसिरहेको पनि तस्बिरले नै देखाउँछ ।

बाढीग्रस्त क्षेत्रमा जुत्ता बचाउन नेतालाई काँधमा बोकिएको भन्दै सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । उनले सो तस्बिर तीन जना मन्त्री तथा पूर्व प्रधानमन्त्रीसहितको टोलीसँगै बाढी पीडितको निरीक्षणमा गएका बेला सप्तरीको तिलाठीमा खिचिएको बताए ।

बुधवार उनीहरु बाढीग्रस्त क्षेत्रको अवलोकनका लागि गएका थिए । उनलाई बोक्ने ब्यक्ति नेताकै चिनेजानेका हुन् । उनले अहिले सो तस्बिर सार्वजनिक गरेर आफुलाई अप्ठेरोमा पार्ने काम भएको भन्दै प्रतिकृया दिएका छन् । आफ्नो ब्लडप्रेसरमा समस्या भएका कारण रिंगाटा लागिरहेको उनले बताए । सोही कारण उनलाई चिनेजानेका आफन्तले बोकेको प्रतिकृया दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार