चर्चित नायिका रेखा थापाले एकपटक देशमा विप्लवको नेतृत्वमा देश फेरिएको हेर्न चाहेको बताएकी छिन् ।

तत्कालीन एमाओवादीबाट कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाएकोप्रति उनले कडारुपमा आलोचना गरेकी छिन् ।

सुनौलो नेपाल अनलाइन टिभीसँगको कुराकानीका क्रममा उनले विप्लव नेकपालाई देशभक्त भएको बताएकी छिन् । उनले विप्लवले पनि सरकार नेतृत्व गरेको हेर्न चाहेको बताएकी छिन् ।

एक अन्तरावार्ताको क्रममा उनले अहिले यदि सरकारले विप्लवसंग वार्ताको लागि पहल गरिरहेको हो भनेस सकारात्मक भएको भन्दै दुईतिहाईको सरकारले जुनसुकै हालतमा विप्लवसंग भएको वार्ता सकारात्मक रुपमा टुंग्याउँनु पर्ने उनले बताईन् ।विप्लवलाई अहिलेसम्म वार्तामा ल्याउँन नसक्नु सरकारको असफलता भएको उनी बताउँछिन् । उनले देशका गरिब जनताले समेत कर राज्यलाई कर तिरिरहेको अवस्थामा सरकारले देशमा बिकास र शान्ती कायम गर्न असफल भएको बताएकी छिन् ।

रेखाले माओवादी आन्दोलनमा प्रचण्डलाई काउन्टर दिएर खडा भएका नेता विप्लव हुन् ।

विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टरका नाममा मार्ने गरेको भन्दै उनले सरकारले नै द्धन्द चाहेको बताइन् ।सरकारले एनसेलबाट कर समेत उठाउँन नसकेको, गरिब जनताले समेत कर तिरिहेको अवस्थामा नेताहरुको मात्र झोला भरिने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।

उनले विप्लवले मान्छे ताकेर बम नहानेको तर एनसेल बिस्फोटको क्रममा दुर्घटनाबस मानविय क्षति हुँदा माफी समेत मागेको उनको भनाई छ । उनी भन्छिन् “यहाँ त बिदेशी कम्पनी आएर जे पनि गर्दा भयो । नेपाली नागरिकले खोलेको कम्पनी जहिले मारमा पर्ने । बैंकहरुले समेत बिदेशीलाई लगानी दिने तर आज एउटा गरिबको छोराले म केही गरिखान्छु भनेर ऋण खोज्दा पाउँदैन । यो देश कसका लागि हो ? त्यसैले विप्लवले उठाएका कतिपय मुद्धाहरुमा म सहमत छु” ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार