संयुक्त राज्य अमेरिकामा गत साताभन्दा याे सातामा बेरोजगारी दर वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीको संख्या वृद्धि भई लाख १६ हजार पुगेको छ । यसैबीच, अघिल्लो साताको तथ्याङ्कमा बेरोजगार भत्तामा दाबी गर्नेको संख्या २ लाख ८ हजार देखाइएको थियो ।

श्रम विभागको तथ्याङ्कले बेरोजगारको दाबी गर्नेहरुको संख्या कम हुनुको अर्थ रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ । अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत जुन महिनामा २ लाख २४ हजार रोजगारी थप भएको विभागले जनाएको छ ।

अमेरिकी तथ्याङ्क ब्यूरोले अमेरिकी बेरोजगारी दर ३ दशमलव ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार