विषादी परीक्षणमा भारतीय हस्तक्षेपलगायत मुद्धाहरुको नारा लिएर वैद्य नेतृत्वको माओवादीद्धारा राजधानीमा विरोध प्रदर्शन भएको छ ।

आयोगले प्रकाशित गरेको विज्ञापन खारेज गरिनुपर्ने माग गर्दै मोर्चाले आज रत्नपार्क हुँदै ईन्द्रचोकसम्म र्‍याली निकालेको थियो। इन्द्रचोकमा पुगेपछि र्‍याली कोणसभामा परिणत भएको थियो।

लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्।

विज्ञापन खारेज गर्ने आन्दोलनकारीको माग प्रति मुक्ति मोर्चाको समर्थन रहेको विरोध र्‍यालीमा जनाइएको थियो। कार्यक्रममा सहभागीहरुले समानुपातिक व्यवस्था सहित पुन: विज्ञापन हुनुपर्ने माग गरेका थिए। यस्तै मोर्चाले भारतबाट आयात हुने विषादीयुक्त तरकारीमाथि जाँच गर्ने निर्णय फिर्ता लिएकोप्रति पनि विरोध जनाएको छ। मोर्चाले विषादीयुक्त तरकारीमाथि  प्रतिबन्ध लगाउनु  माग गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार