
गोपाल किराती नेतृत्व नेकपा (माओवादी केन्द्र)का पोलिट्ब्युरो सदस्य तथा प्रभावशाली नेता आलोक रायमाझीले सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको मानसिक सन्तुलन तलमाथि भएकोले तुरुन्तै उपचार गर्न सुझाव दिएका छन् ।
एक अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिदैं यस्तो भनाई राखेका हुन् ।
रायमाझीले भने “सरकारको प्रवक्ता जस्तो जिम्मेवार मान्छेले जथाभावी अभिव्यक्ति दिएर, जनताको अपमान गर्ने, अशान्त राज्य बनाउन अभिव्यक्ति दिने, असाध्यै गैरजिम्मेवार, रुखो, हास्यास्पद र छिचरो हर्कत देख्दा उनको मानसिक सन्तुलन ठिक नभएको आभाष हुँदैछ, त्यसैले सरकारले उनको मानसिक अवस्थाको तुरुन्तै जाँच गरी उपचार सुरु गर्नु पर्छ । होइन भने सरकारको प्रवक्ता जस्तो जिम्मेवारीमा रहेर जे मन लाग्यो त्यही बोल्ने गम्भीर प्रवृत्ति बन्द गर्नु पर्छ ।”
स्मरणीय छ, सञ्चारमन्त्रीको पछिल्ला अभिव्यक्तिले सरकार र विप्लव नेतृत्वको नेकपा बीच हुने भनिएको वार्ताको वातावरण बिथोलिदै गएको कुरा स्वयम् सत्तारूढ दलकै जिम्मेवार नेताहरुको मुखबाट समेत सुनिन थालेको छ ।







