राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले विप्लवले अहिले उठाएको एजेण्डा छाडेर राजनीतिक मूलधारमा आएपनि सिप्लव जन्मने ठोकुवा गरेका छन् । देशको मूल समस्या समाधान नभएसम्म विद्रोही समूह जन्मिइरहने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा बोल्दै माओवादीले छोडेका एजेण्डा अहिले विप्लवले बोकेको सुनाए । उनले भने,‘यदि विप्लवले पनि यो एजेण्डा छोड्यो भने सिप्लव जन्मिन्छ ।’

मुलुक एकपछि अर्कोगरि बेथितीको चंगुलमा फसेको पनि उनले टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्ष प्रत्येक नेपालीको काँधमा ३३ हजार ऋण थियो । अहिले त्यो बढेर ३६ हजार भएको छ ।’ नेपालमा राजदुत हुन ज्वाँई हुनुपर्ने र मन्त्री बन्न सम्धी हुनुपर्ने भन्दै केसीले नेताहरुमाथि कडा व्यंग्य कसे ।

सरकार र विप्लव नेकपाबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् । उनले भने,‘विप्लवसँग वार्ता हुनुपर्छ भनेर हामीले आजभन्दा करिब दुई महिना अघि प्रधानमन्त्रीलाई भेटेका थियौं । यसको लागि सुन्दरमणि दिक्षितले पहलकदमी लिनुभएको थियो ।’ तर, पछिल्लो समय वार्ताले औपचारिकता पाएको हल्ला चलाईएको भनेर स्वयम विप्लव नेकपाले गरेको पनि उनले सुनाए ।

उनले भने,‘अहिलेको समाचार हेर्दा वार्ता नभएको कुरा आएको छ । यो त प्रतिक्रियावादीहरुले चलाएको हल्ला हो भनेर उनीहरुले भन्न थालेका छन् । कुनै वार्ता भएको छैन भनेर विप्लव नेकपाले भनेको छ ।’ उनले आफूले विप्लव नेकपाको कुरा गर्दा आफूलाई नै गोली ठोक्ने हुन कि भन्दै व्यंग्य गरे । उनले भने,‘म विप्लवसँग टच छैन ।’

सरकार र विप्लवबीच वार्ताको लागि तपाईले नै पहलकदमी लिनुहोस न त भनेर पत्रकार धमलाले गरेको आग्रमा केसीले भने,‘मेरो त पावर छैन । म त निरीह मान्छे हुँ । वार्ताको लागि मध्यस्थता गर्नको लागि विश्वसयिनता हुनुपर्छ । अहिले त नागरिक समाजमा पनि बौद्धिकता स्खलित भएको छ । पार्टीको कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न सक्दैनन्।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार