नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

उनलाई शनिबार राति १ बजे विशेष सुराकीको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पछिल्लो समय सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव नेकपाबीचवार्ताको लागि अनौपचारिक संवादमा रहेका लामालाई पक्राउ गरिएको छ ।

लामाको पक्राउपछि विप्लव नेकपा झनै चिँढिने अनुमान पनि गर्न थालिएको छ ।

माइला लामा २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भएका नेता हुन् । तर उनी झिनो मतले पराजित भएका थिए ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा जनयुद्धका क्रममा घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार