काठमाडौंको इन्चार्ज नपाएपछि लेखनाथ न्यौपानेले अप्रत्यक्ष रुपमा पार्टीलाई चेतावनी दिएका छन् ।

तत्कालीन माओवादीका काठमाडौं इन्चार्ज रहेका लेखनाथ न्यौपाने भने परेका छैनन् । काठमाडौंको इन्चार्ज र सहइन्चार्ज चयनबारे आफूसँग कुनै छलफल नभएको न्यौपानेले बताए ।

आइतबार गोरखाबाट काठमाडौं आउँदै गरेका उनले काठमाडौंको इन्चार्ज र सहइन्चार्ज को को भए भनेर चासो पनि राखे । नाम सुनेपछि लामो हाँसो हाँसे र छोटो प्रतिक्रिया दिए ।

‘हुन त हाम्रो पार्टी कम्युनिस्ट पार्टी बन्यो कि बनेन भन्ने बहस पनि छ । तर कम्युनिस्ट पार्टीको सैद्धान्तिक के छ भने हरेक पार्टी सदस्य नेता हुन्छ र हरेक नेता कार्यकारी भूमिकामा हुन्छन् । यो सैद्धान्तिक मान्यतालाई मान्ने हो भने ९-१० जना केन्द्रीय समितिका सदस्यलाई सहइन्चार्ज बनाइदिनु भनेको प्रकारको डम्प हो । सैद्धान्तिक कसीमा हेर्दा कसरी काम हुन्छ खोई ?’ उनले प्रश्न गरे ।

न्यौपानेले केही दिनअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई काठमाडौं इन्चार्ज चयन भएकोमा बधाई आएको र त्यो आवश्यक नभएको आशय व्यक्त गरेका थिए । त्यसबारे उनले भने ‘बधाई चाहिँ हाम्रोमा कुनै घटना घटेपछि बधाई दिएर राम्रो काम गर्न प्रोत्साहन दिने र ठीक ट्र्याकमा हिँड भन्नुभन्दा चाकरीको रुपमा विकास भयो ।’

घटना हुनुअघि नै बधाई दिएर पछिलाई वातावरण बनाउने गरेको पनि देखिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार