नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव नेकपाको अहिलेको गतिविधि अस्पष्ट रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको बताएका हुन् ।

सरकारले पनि विप्लव नेकपालाई नबुझी उनीहरुमाथि व्यवहार गरिरहेको वैद्यको भनाइ छ । विप्लव नेकपामाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

अहिलेको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरु जनसंघर्षको पक्षमा रहेको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बाटो विराएको भन्दै वैद्यले त्यसैले सरकारबाट जनआकांक्षा पूरा हुन नसक्ने जिकिर गरे ।

उनले वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदै सरकारको ध्यान अझै यस्ता विषयमा नगएको आरोप लगाए ।

अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले संघीयता पनि त्यस्तै रहेको बताए । मुलुकमा संघीयता लागू गरे पनि प्रदेशहरु स्वायत्त नबनाएको नेता बैद्यले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार