हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायिका राधिका हमाल पुनको लय र शब्द रहेको ‘भाग्यमानी’ बोलको तीजगीत बजारमा आएको छ ।
म्युजिक बैंक नेपालको प्रस्तुतीमा गायिका हमालले यस वर्ष आफ्नै युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेकी हुन्। गायिका हमालको स्वर रहेको गीतमा ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरा रहेकी छन्।
रिना थापाको दमदार नृत्य रहेको यस गीतको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका हुन्।
दुर्गा पौडेलले गीतका दृश्य क्यामेरामा कदै गरेका हुन् भने संगित संयोजन कृष्ण पुनको रहेको छ । त्यस्तै नवीन घर्ती मगरले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस्







