नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मालाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेकोे छ ।

विकलाई शनिबार पोखराको फनपार्क नजिकैबाट गिरफ्तार गरिएको हो । उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।

सरकारले वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्न छोडेको छैन ।

यी घटनाहरुलाई हेर्दा सरकार वार्ताको वातावरण बनाउनुभन्दा पनि नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गर्ने र दमन गर्ने अभियानमा लागेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार