तपाईंहरुलाई लामो समय साथ दिएकाहरुले अहिले भटाभट साथ छोडिरहेका छन् । कत्तिको दुख लाग्छ ?

करिश्मामा परिपक्वता देखिएन । यदि राजनीतिमा अगाडि बढ्न चाहने हो भने यस्तो अधैर्य भएर हुँदैन । हामीलाई त केही फरक पर्दैन, यस्ता कति आए कति गए । तर, उहाँलाई यसले अगाडि बढ्न रोक्छ ।

हामी विचार र सिद्दान्तको आधारमा राजनीति गरिरहेका छौं । तर, बाबुरामको अनुहार हेरेर भोलि यो मान्छे फेरि प्रधानमन्त्री भयो भने आफूले पनि केही पाउँला भनेर स्वार्थवस पछि लागेकाहरु अहिले लाखापाखा भएका हुन् । हामी मधेसीसँगै मिल्न गयौं भनिरहेका छन् । यसैबाट थाहा हुन्छ उनीहरुको राजनीतिक चेतनाको स्तर ।

नायिका करिश्मा मानन्धरलाई पनि जोगाउन सक्नुभएन । उनी पनि स्वार्थवस नै लागेकी थिइन् ?

करिश्मामा परिपक्वता देखिएन । हामीले निकै उदारतापूर्वक उनलाई एसईई परीक्षाका लागि भनेर दुई वर्षको छुट्टी दिएका थियौं । अरु पार्टीमा भएदेखि नेता भएपछि किन एसएलसी दिनुपर्‍यो भनेर उडाउँथे होला । तर, हामीले प्रोत्साहन गर्‍याैं । एसईई पास भएपछि बाबुरामले टि्वटरमै बधाई दिनुभयो । मैले पनि म्यासेज गरेँ ।

तर, एकाएक पार्टीबाट अलग भएको कुरा आयो । यदि राजनीतिमा अगाडि बढ्न चाहने हो भने यस्तो अधैर्य भएर हुँदैन । हामीलाई त केही फरक पर्दैन, यस्ता कति आए कति गए । तर, उहाँलाई यसले अगाडि बढ्न रोक्छ ।

पार्टी छोड्ने विषयमा तपाईंहरुसँग सल्लाह गर्नुभएन ?

अहँ ! केही पनि भन्नुभएको थिएन । आइ डन्ट नो, के सोचेर उनले यस्तो निर्णय लिइन् । तर, फेरि पनि भन्छु कि उनमा परिपक्वता देखिएन । एसईई पास भइन् तर, पोलिटिक्समा फेल भइन् ।

करिश्मामा राजनीतिक गर्न सक्ने गुण देख्नुभयो ?

उनी  प्रयांक छिन् । मनमा लागेको कुरा भनिहाल्छिन् । यो राम्रो गुण हो । तर यतिले मात्रै राजनीति हुँदैन । उहाँले एउटा ठूलो चान्स गुमाउनुभो । अहिले पनि उहाँप्रति हाम्रो सदासयता छ । मैले त के समेत भनेको छु भने ‘तिमी पास भयौ र यस्तै प्रगति गर्‍यौ भने यूएनको एजुकेसन एम्बेसडर बन्न सक्छ्यौ । हामी त सबैप्रति सकारात्मक छौं, चाहे पार्टी छोडेर जानेहरु नै किन नहुन् ।

आई फिल सरी फर हर ।

अनलाइनखबरसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार