
आदरणीय र प्रियजनहरु ‘जेलमा मार्सी धानको भात खान्छन सुदर्शन’ शिर्षकको समाचार प्रकाशित भएपछि म केही नलेखी बस्नै सकिन ।
प्रश्न उठनसक्छ राजनीति गर्ने नेताहरुको बारेमा गरिने प्रशंसा र आलोचना दुवै स्वभाविक हुन्छन तर किन यस्तो प्रतिक्रिया दिनुप¥यो । मलाई माफ गर्नुहोला ताली र गाली अथवा एउटा सुचनाले पार्ने प्रभाव र असर भन्दा पनि मलाई सत्यकुरा सबैलाई बुझाउने प्रयन्त मात्र हो ।
विगत
कमरेड सुदर्शन महान जनयुद्धका कठिन दिनहरुमा २०५५ साल माघ २९ गते बाजुराबाट गिरफ्तार हुनुभयो र ३ बर्ष जेल बसाइपछि २०५८ सालमा रिहा हुनुभयो । त्यहीबेला हिरासतमा उहाँलाई कुनै दिन नविराइकन महिनौं दिनसम्म दिएको यातना(पाइप भित्र फलाम राखेर शरिरमा बेल्ना लगाउने, कुटने, झुन्याएर कोर्रा लगाउने, करेन्ट लगाउने, सर्वाङग पारेर सिस्नु पानी लगाएर घिसार्ने लगायतका अठार आइटमवाला यातनाका कारण अहिले पनि टाउको र शरिरका बिभिन्न भागमा ठुल–ठुला खत छन्।)को कारण जेलमुक्त भएर बाहिर आइसकेपछि सामान्य अवस्थामा सिटामोल पनि नखाने मान्छेको अ,ाँखा, टाउको, हात खुटटा पोल्ने हँुदा हुदै एकै चोटी पटक धेरै स्वास्थ्य समस्या आयो । अहिले जे जति स्वास्थ्यमा समस्या आयो यो सवै जेल हिरासतको यातनाबाट पाएकाे उपहार हो ।
वर्तमान
उहाँलाई नियमित १२ बर्ष देखी जाच गरिरहनुभएका डाक्टरको सल्लाह अनुसार हाम्रो परिवार उहाको स्वास्थप्रति निकै सजक छ । जेलमा भने अनुसार खाना खाने र मार्सी चामलको भात खाने गरेको भन्ने जुन समाचारमा भनिएको थियो सत्य के हो भने उहाँले खाएको चामल मार्सी चामल होइन कालो चामल हो, यो चामलको बजार मुल्य कति हो मलाई पनि थाहा छैन तर मैले एक जना चिनजानको मान्छे बाट ३ सय रुपैयाको दरले ५ किलो खरिद गरेकी थिए । यो एक किलो चामल दिनमा एक चम्चा जति खादा १५ देखी २० दिनलाई पुग्छ । खानलाई मिठो नभए पनि सुगर, प्रेसर, कोलस्ट्रोल र युरिक एसिड लगायतका समस्या भएको कारण उहालाई कालो चामलले फाइदा गर्छ भन्ने विश्वासले यो ब्यवस्था गरिएको हो । यो बाहेक जेलमा आवश्यक पर्ने अन्य खानेकुरा बाहिरबाटै लिने गरिएको छ । ढिडो रोटीको लागि पनि घरैबाट जुटाइन्छ । घरमा बनाइएका र कतिपय तयार गरिएका खानेकुरा त जेलको गेटबाट भित्र लिन मिल्दैन । सामान्य त अरु बन्दीलाई भन्दा उहाँहरुको हकमा बढि निगरानी गर्नुे भन्ने गृहमन्त्रालय र आसपासका निकायको आदेश हुन्छ ।
सुदर्शनले जेलमा त्यो बाहेक छुटटै केही खानुभएको छैन । उहाँले नियमित सेवन गर्ने औषधी आवश्यक पर्ने लजेस्टीक अन्य साधारण खर्च पनि हामीले आफ्नो गाँस घटाएर पठाउने गरेका छाैं । काठमाडौंमा ५ महिनादेखीको डेरा भाडा र बच्चाहरुको विद्यालयको शुल्क सम्म नतिरेरै उहाँको औषधी लगायतमा खर्च गरिएको अवस्था हो । हुन न नीजि जिवनका सवालहरु बाहिर भन्न आवश्यक हुँदैन तर सुदर्शनले जेलमा के खायो के लायो भन्ने कुरा पनि मिडियामा आएपछि यँहा केही लेख्न आवश्यक ठानिएको हो ।
छुचो भएर भन्नुपर्ने केही कुरा
दुँनियालाई यो कुरा थाहा छ र नभएकाहरुलाई पनि हुनेछ प्रचण्ड बाबुरामलाई त्यो ठाँउमा पु¥याउन र गणतन्त्र ल्याउनमा सुर्दशनहरूको पनि रगत र पसिना लगानी मिसिएको छ । कौडीको मुल्यमा बेचेर खाएको प्रचण्डपथ (जसले प्रचण्डलाई त्यो उचाई प्रदान गरेको थियो र पुष्पकमललाई प्रचण्ड बनाएको थियो) को दार्शनिकीकरण गर्न सवैभन्दा बढि मेहेनत मोहन बैद्य किरण र हेमन्तप्रकाश ओली सुदर्शनले नै गरेको कुरा जग जाहेर छ । आज उनैको काँधमा चढेर एकथरी कमरेडहरु ४ लेन सडक ढाक्ने गरी ४,५ वटा पुलीसका पछुवा गाडि लिएर गणतन्त्रका नयाँ राजा बनेका छन् । तिनै कमरेडहरुले क्रान्तिकारी जनताका एजेण्डा बोक्ने सुदर्शन माइला लामाहरुलाई जेलमा कोचेका छन् । उनीहरुले दिन दिनै भनिरहेका छन् सुदर्शनहरुलाई कडाई गर्नु, दाँया बाँया गर्न नदिनु ।
अाज नचाहेर पनि दुखका साथ भन्नुपर्दा छ सुदर्शन विरामी भएर राजधानीकै एउटा अस्पतालमा प्रहरीले लिएर गएछ । अस्पताल स्राेतबाट थाहा पाएर हामी पुग्दा हामीलाई भेटेर हालखबर बुझन र पैसा दिनबाट समेत प्रहरीले राेक्याे । अब यसबाट सजिलै बुझन सकिन्छ ।
तिनीहरुले जेलमा के सुविधा सहज गरेका होलान् । सोधी खोजी गर्दा थाहा भयो मिडियामा ‘जेलमा मार्सी चामलको भात खान्छन विप्लवका नेता सुदर्शन’ भनी समाचार लेखाएर बदनाम गर्न खोज्ने पनि तिनै भुतपुर्व चैते कमरेडहरुका छेउछाउकै आसो पासे रहेछन् ।
यो बेला मलाई भन्न मन लागेको छ –
‘असल मान्छेहरु सधै दुःख पाउछन् । असल मान्छेहरुले दुःख मात्र पाउने होइन, उनीहरु हरेक कठिन परिक्षाहरुबाट पास गर्नुपर्छ । सुदर्शनहरूले अझ धेरै कठोर परिक्षाहरु पास गर्नुपर्ने पनि हुन सक्छ । किनकी असली हिरा धेरै रगडेपछि नै चम्किन्छ ।’







