सत्ताधारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्।

सोमबार बिहान निवास खुमलटारमा विप्लव नेकपा छाडेर आफ्नो पार्टीमा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने  उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही  कमजोर नहुने उनले बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार