
प्रतिवन्धपछि प्रहरीले विप्लव नेकपाका १९ सयजति नेताकार्यकर्ता पक्राउ गरेको छ।
फागुनअघि एक हजार ३०५ जना पक्राउ परेकोमा त्यसयता ६०९ जना पक्राउ परेका छन्। सरकारले फागुन २८ मा विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध कायमै छ।
विप्लव नेकपाका नेताकार्यकर्ताविरुद्ध एक हजार ३१३ मुद्दा दर्ता भएका छन्। प्रतिबन्धपूर्व एक हजार १३३ मुद्दा र प्रतिबन्धपछि ६४८ मुद्दा दायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्र
प्रधान कार्यालयका अनुसार पक्राउमध्ये ५१३ जना छुटेका छन्, ११० जना कारागार चलान भएका छन्, ६९ जनाविरुद्ध अनुसन्धान भइरहेको छ। डेढ सयजना त नेतृत्व तहकै नेताहरु पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार स्थायी समिति सदस्य नै पक्राउ परेका छन्।
त्यस्तै विभागीय प्रमुख एक, पोलिटब्युरो सदस्य दुई, केन्द्रीय सदस्य सात, ब्युरो प्रमुख पाँच, भ्रातृ संगठन प्रमुख ६, ब्युरो सदस्य १७, जिल्ला इन्चार्ज तथा सेक्रेटरी गरी ४३ जना पक्राउ परेका छन्।
विप्लव नेकपाले मुलुकका विभिन्न स्थानमा विभिन्न समयमा गराएका बम विष्फोटमा परी सातजना ज्यान गएको छ।
नेकपाले देशका ५० स्थानमा विष्फोट गराएको छ। विप्लव नेकपाले १२४ स्थानमा राखेका बम सुरक्षाकर्मीले निष्कृय पारेको प्रहरीको दाबी छ । प्रहरीले गोली चलाउँदा विप्लव नेकपाका छ जनाको मृत्यु भएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले एक महिनाभित्र विप्लव नेकपालाई सिध्याउने धम्की दिएका थिए तर झन्पछि झन् विप्लव नेकपाको गतिविधि बढेर गएपछि सबैतिरबाट सरकारलाई वार्ताका लागि दबाब बढेर गएको छ ।







