विप्लव नेकपाले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताएको छ ।

नेकपा सेती–महाकाली ब्युरोले भ्रष्ट शासकहरूको सुरक्षा दिने विषयमा सोच्न सुरक्षाकर्मीलाई आह्वान गरेको छ । ब्युरोले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको पनि प्रस्ट पारेको हो ।

ब्युरोको दोस्रो पूर्ण बैठकले एकीकृत जनक्रान्तिको प्रक्रियामा पछिल्लो पटक सहादत प्राप्त गर्नुहुने सुप्रिम, राजेशलगायत सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राज्यको कठोर जेल र हिरासतबाट छुटेकाहरूलाई स्वागतसहित सम्मान गरेको छ ।

बैठकले सुरक्षा समिति कैलालीको नामबाट साउन १७ गते जारी भई साउन १८ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको राज्यको सुरक्षाकर्मी भैरव कुँवरमाथिको पक्राउ पुर्जीमा अन्यथा हुनुपर्नेमा इन्काउन्टर शब्द लेखिएकाले त्यसलाई आक्रोशको अभिव्यक्तिका रूपमा लिँदै सच्याउने निर्णय गरेको जानकारी ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति प्रकाशित गरी दिएका छन् ।

ब्युरोले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘साथै एकातिर नेपाली श्रमिक जनताको श्रम(पसिनाबाट जम्मा भएको राज्यकोषबाट तलब–भत्ता खाएर नेपाली श्रमिक जनताको राज्य व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सङ्घर्षरत हाम्रो पार्टीविरुद्ध माथिको आदेश भन्दै दमनकारी अप्रेसन नै सञ्चालन गरी पार्टीका नेता÷कार्यकर्ता परिवारहरूलाई आतङ्कित पार्दै बिचल्ली पार्नु अर्कोतिर यो देशका नामुद भ्रष्ट, राष्ट्रघाती, जनघाती, तस्कर र दलालहरूलाई सुरक्षा प्रदान गर्नु कत्तिको न्यायोचित मान्नुहुन्छ ? सुरक्षाकर्मी मित्रहरूलाई विवेकपूर्ण तरिकाले सोच्न अनुरोध गर्न चाहन्छौँ । अन्यथा प्रत्येक क्रियाको त्यत्ति नै मात्रामा प्रतिक्रिया हुन्छ भन्ने हेक्का, आदेश दिने क्रान्तिका रफुचक्कर र सुरक्षाकर्मी मित्रहरूलाई रहोस् ।’

ब्युरोको विज्ञप्तिमा भनिएको छ, ‘देशमा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बललाई नेकपाविरुद्व परिचालन गरिनुले देश र जनताका विरुद्व गम्भीर षड्यन्त्र भइरहेको तथा केपी–प्रचण्ड–बादलमण्डली जनताका सच्चा राजनीतिक प्रतिनिधि नभएर साम्राज्यवादी शक्तिका खेताला भएको कुरा प्रस्ट भएको छ ।’

बैठकले आठबुँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन अन्य पक्षहरूलाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार