
सरकारद्वारा गतिविधि प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकले नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ।
गत असार २०–३० सम्म अज्ञातस्थलमा बसेको बैठकले स्थायी समितिको संरचना भङ्ग गर्दै केन्द्रीय सचिवालय गठन गरेको छ। साथै, केही नेतालाई केन्द्रीय सदस्यबाट मुक्त गरी विभिन्न मोर्चाको जिम्मेवारी तोकेको छ।
विप्लवले पार्टी महासचिवको जिम्मेवारी लिँदै पार्टीको नेतृत्व गरेको विप्लव नेकपाका एक नेताले बताए। ‘सङ्गठनलाई चुस्त र दुरूस्त बनाउन तथा कामकारबाहीलाई प्रभावकारी बनाउन साङ्गठनिक संरचनामा फेरबदल गरिएको हो,’ उनले भने, ‘अब व्यवस्थित रूपमा पार्टीका गतिविधि अघि बढ्ने अपेक्षा छ, यो जरुरी थियो। अब एकल नेतृत्वबाट पार्टी गतिविधि अगाडि बढ्छ।’
उनका अनुसार स्थायी समिति भङ्ग गरी ३५ सदस्यीय केन्द्रीय समितिको संरचना खडा गरेको विप्लव नेकपाले जेलमा रहेका हेमन्त प्रकाश वली, माइला लामा र भरत बमलाई पनि केन्द्रीय सदस्यमा राखेको छ। वली र लामा काठमाडौंमा तथा बम बाँके हिरासतमा रहेका छन्। जेलमा परेका केन्द्रीय सदस्य मोहन कार्की भने आइतबार काठमाडौं जिल्ला अदालतबाट रिहा भएका छन्, पक्राउ परेपछि रिहा हुने उच्चस्तरका नेतामा कार्की एक्ला हुन्।
विघठित स्थायी समितिले चारवटा कमान्ड बनाएर सम्पूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने जनाएको छ। जसअनुसार पूर्वी कमान्डको नेतृत्व सन्तोष बुढामगरले पाएका छन्। मध्य कमान्डको नेतृत्व खडगबहादुर विश्वकर्मा, मध्यपश्चिम कमान्ड चन्द्रबहादुृर चन्द र पश्चिम कमान्ड धर्मेन्द्र बास्तोलाले पाएका छन्।
पार्टी प्रवक्ताको जिम्मेवारीसमेत पाएका विश्वकर्मा पूर्वपर्यटन मन्त्री हुन्। अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा देव गुरुङ स्थानीय विकासमन्त्री हुँदा राज्यमन्त्रीको जिम्मेवारीमा रहिसकेका व्यक्ति हुन्। यसैगरी, पूर्वसांसद तथा तत्कालीन संविधानसभा सदस्यहरू पनि चन्द नेतृत्वको पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा परेका छन्। जसअनुसार सन्तोष बुढामगर, उमा भुजेललगायत नेता छन्।
सोही बैठकले १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरी विभिन्न मोर्चाको जिम्मेवारी दिएको विप्लव नेतृत्वको एक नेताले बताए। जिम्मेवारीमुक्त हुनेमा तत्कालीन पोलिटब्युरो सदस्य कृष्ण धमला, प्रवास इन्चार्ज देवीदत्त पाण्डे, कार्यालय सचिव भेषराज भुसाल र विद्यार्थी सङ्गठन इन्चार्ज कृष्ण अधिकारीलगायत १७ जना रहेका छन्।
पुनर्गठित केन्द्रीय समिति
१. नेत्रविक्रम चन्द ‘विप्लव’ – महासचिव
२. खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ – प्रवक्ता
३. धर्मेन्द्र बास्तोला ‘कञ्चन’
४. सन्तोष बुढामगर ‘विषम’
५. हेमन्तप्रकाश वली ‘सुदर्शन’ (जेल)
६. उमा भुजेल ‘शिलु’
७. दीपेश राई ‘अधिकार’
८. सन्देश पौडेल
९. मोहनलाल चन्द
१०. माइला लामा (जेल)
११. चेतबहादुर पुन
१२. चन्द्रबहादुर चन्द ‘वीरजंग’
१४. धुव्र घिमिरे ‘बिप्लव’
१५. केशवबहादुर बाठा
१६. खम्ब बुढा
१७. बलबहादुर वली
१८. ओम पुन
१९.उदय चलाउने
२०.वसन्त श्रेष्ठ
२१. विन्दु चन्द
२२. मोहन कार्की
२३. गुणराज लोहनी
२४. भरत बम (जेल)
२५. अनिल शर्मा
२६. श्यामबहादुर बोहरा
२७. चूडामणि वली
२८. नवीन विश्वकर्म
२९. अमर झाँक्री
३०. खुमा सुवेदी
३१. देवनारायण शाह
३२. थमनसिंह राई
३३. खम्बबहादुर बुढा
३४. बलबहादुर वली
३५. ध्रुव अधिकारी
पूर्वी कमान्ड
सन्तोष बुढामगर – इन्चार्ज
मेची–कोसी ब्युरो – उमा भुजेल ‘शिलु’
सगरमाथा ब्युरो – दीपेश राई ‘अधिकार’
जनकपुर ब्युरो – सन्देश
मध्य कमान्ड
खड्कबहादुर विक ‘प्रकाण्ड’
ताम्सालिङ ब्युरो –मोहनलाल चन्द आधार
उपत्यका ब्युरो – माइला लामा (जेल)
नारायणी ब्युरो – चेतबहादुर पुन
मध्यपश्चिम कमान्ड
चन्द्रबहादुर चन्द ‘वीरजंग’
गण्डक ब्युरो – सावित्रा दुरा
धौलागिरि ब्युरो – धुव्र घिमिरे ‘बिप्लव’
राप्ती ब्युरो – केशवबहादुर बाठा ‘सुवास’
पश्चिम कमान्ड
धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’
कर्णाली ब्युरो – खम्ब बुढा
भेरी ब्युरो – बलबहादुर वली
सेती महाकाली ब्युरो – ओम पुन
केन्द्रीय सदस्यबाट हटाइएका
१. कृष्ण धमला (तत्कालीन पोलिटब्युरो)
२. रामप्रसाद तिमिल्सेना
३. देवीदत्त पाण्डे, प्रवास इन्चार्ज
४. टेकबहादुर केसी
५. बलाराम थापा
६. डम्बर विक
७. धनबहादुर महर्जन
८. शंकर खड्का
९. कृष्ण अधिकारी, विद्यार्थी सङ्गठन इन्चार्ज
१०. भेषराज भुसाल, कार्यालय सचिव
११. सन्तोषी विक
१२. मकर गुरुङ
१३. बलराम सुनार
१४. सम्झना बुढा
१५. नन्दबहादुर बुढा
१६. पुरुषोत्तम विक
१७. बाबुराम गजमेर







