सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले बन्दुकको कारणले माओवादीको क्रान्ति सकिएको र विप्लव पनि त्यहि बाटोमा हिंडेकोले अझ छिटो सिद्धिने बताएका छन् ।

काठमाडौंको एक कार्यक्रममा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले गरेको १० बर्षीय जनयुद्धमा बन्दुकले हारेको बताए । माओवादीको त्यो गति भएको बताउदै उनले विप्लव नेकपात्यहाँसम्म पनि पुग्न नपाउने बताए ।

उनले भने–“पहिला नदेखेको थियो र ? प्रति पक्राउ । कुन्नी के को मोल सबै देखियो ? तर लास्टमा बन्दुक सम्पूर्ण रुपमा हारेको हो कि होइन । जितेको के हो ? नेपाली जनता । जितेको के हो ? शान्ति । जितेको के हो ? लोकतन्त्र । त्यसैले नबुझेर होइन होला जस्तो लाग्छ । भड्क्या आत्मा भन्छन् नि असन्तुष्ठीले त्यस्तो भएको हुनुपर्छ । दाउपेचको ढंगले आउनुहुन्छ केही पनि पार लाग्दैन । सरकार दृढ छ । हिंसालाई पराजित गर्न कुनै पनि मुल्यमा । हिंसा नेपालले अस्वीकृत गरेको र पराजित गरेको विषय हो ।”

बास्कोटाले विप्लव नेकपाको गतिविधिले हतियार व्यवसायी मात्र खुसी हुने बताउँदै सरकारले वार्ता गरौं भनिरहेका बेला उनीहरुले गरिरहेको गतिविधिले पार नलाग्ने समेत बताए ।

उनले भने “यसबाट कुनै ढुंगा हानेर मैले त्यही ताकेको थिएँ त्यही पुग्यो भन्ने वाला छैन । उहाँहरुले कार्यसमिति नै भंग गर्नुभएको छ । त्यही संकट पैदा भएको छ । क्रान्तिको रुमानी सपनामा मान्छे अलमलिन सक्छ तर जब व्यँझिन्छ अनि आदीबाटो हिडेपछि फर्किन्छ मान्छे ।”

उनले विप्लव नेकपा माओवादी युद्धबाट असन्तुष्टिले भड्किएको आत्मा रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार