एजेन्सी-भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राती निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो ।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् ।

उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासन मानिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धान्जली दिएका छन् । भारत मोदीले एक असाधारण नेताको निधनको शाकमा रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पाटी कार्यालयमा राखिनेछ ।

त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार