विप्लव नेकपानिकट नेपाल दलित मक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका अध्यक्षलाई तत्काल रिहा नगरे सरकारको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

संगठनका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ र तमु मोर्चाकै नेतृ उमा गुरुङलाई संगठनको कामको सिलसिलामा काठमाडौंको बत्तिसपुतलीबाट साउन २१ गते सामाजिक फासिवादी केपी–पिके सरकारका बादल गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीप्रति घोर निन्दा एवंम भत्र्सना गर्दै अध्यक्ष डम्बरबहादुर विश्वकर्मालगायतलाई बिनासर्त र यथाशीघ्र तत्काल स–सम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

महासचिव रामलाल विश्वकर्माले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली संगठन दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ र तमु मोर्चाकै नेतृ उमा गुरुङलाई संगठनको कामको सिलसिलामा साउन २१ गते काठमाडौंको बत्तिसपुतलीबाट यो सामाजिक फासिवादी केपी–पिके सरकारले गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ तथा उहाँहरुलाई तत्काल स–सम्मान रिहा गर्न जोडदार माग गर्दछ ।’

विश्वकर्माले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘नवसंशोधनवाद, संसदवाी यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिविरुद्ध हाम्रो संगठनले निरन्तर संघर्ष गर्दै आएको छ । नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्धले केपी सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएर चौतर्फी घेराबन्दीमा परेको छ । सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी र जनपक्षीय शक्तिहरुलाई वली सरकारको यस्तो देश र जनताविरोधी रवैयाका विरुद्ध एकजुट भै प्रतिरोधमा उत्रिन हामी हार्दिक आह्वान गर्दछौं ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार