
जग्गा खरिद गरेको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि पोखराले एक महिनाअघि मात्रै त्यहाँ बसेका सुकुम्वासीलाई बल प्रयोग गरी हटाएको थियो।हरैया शिविरमा बस्दै आएका २ सय ५० परिवारलाई जबरजस्ती उठीबास लगाएपछि जग्गा कब्जाका लागि झन्डा गाडिएको क्रान्तिकारी माओवादीले जनाएको छ। उक्त जग्गा विप्लव माओवादीले पनि आफ्नो पार्टीको कब्जामा रहेको दाबी गरेको छ।
तर कैलाली प्रहरीले भने अरूको स्वामित्वमा रहेको जग्गामा झन्डा गाडेको भन्दै २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले अरूको जग्गामा हँसिया हथौडाको चिह्न भएको झन्डा गाडिएपछि गोदावरी नगरपालिका वडा नम्बर १ बस्ने टंकप्रसाद कोइराला र वडा नम्बर ६ का नन्दे आउँजीलाई पक्राउ गरिएको जानकारी दिए।
कोइराला क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य हुन् भने नन्दे आउजी पनि क्रान्तिकारीकै कार्यकर्ता हुन्।







