
लेखक तथा पत्रकार खेम थपलियालाई प्रहरीले शनिबार राजधानीस्थित बागबजारबाट पक्राउ गरेको छ।
उनलाई प्रगतिशील लेखक संघको बागबजारस्थित कार्यालय नजिकै रहेको जलजला मासिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियाले यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनका तर्फबाट सरकारविरुद्ध विज्ञप्ति जारी गरेका थिए।
इन्टरनेशनल पत्रकारको सदस्यता समेत पाइसकेका पत्रकार खेम थपलियाको गिरफ्तार सरकार कतिसम्म अनुदार छ भन्ने पुष्टि भएको छ ।







